तिलोत्तमा विश्वका नगरपालिकाहरुको संस्था सिटीनेटको सदस्य

तिलोत्तमा विश्वका नगरपालिकाहरुको संस्था सिटीनेटको सदस्य

बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिश्वभरका नगरपालिकाहरुको संस्था सिटीनेट (CITYNET) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरु बीच आपसि सहयोग र सहकार्यमा जोड दिने मन्चको रुपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नयाँ नगरपलिकाहरु मध्ये नेपालकै पहिलो नगरपालिका बनेको हो ।

दक्षिण कोरियाको सियोलमा सचिबालय रहेको यस संस्थाको कार्यसमितिमा सर्ब सम्मत रुपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको नगरका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । विश्वभरका नगरपालिकाहरु सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आवद्धतासँगै तिलोत्तमाले बिकासमा थप एक सफलताको खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।

सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ। त्यसैगरी, सिटीनेटसँग आबद्ध भएका नगर र संघसंस्थाबीच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij