कैलालीको धनगढीमा आगलागी : मेडिकलसहित ८ वटा पसलमा क्षति

कैलालीको धनगढीमा आगलागी : मेडिकलसहित ८ वटा पसलमा क्षति

काठमाण्डाै – कैलालीको धनगढीमा गएराति आगलागी भएको छ ।

आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ । दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय बासिन्दा आगो निभाउन खटिएका छन् ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij