कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन १६ र १७ गतेदेखि बुटवलमा:तयारी अन्तिम चरणमा

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन १६ र १७ गतेदेखि बुटवलमा:तयारी अन्तिम चरणमा

७ सय ५० प्रतिनिधि सहभागी हुने

 

बुटवल – बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ।

प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १६ गतेबाट सम्मेलन हुने जानकारी गराएको हो। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टीका लुम्बिनी प्रदेश सभापति अम्मर सिं पुनले जानकारी दिए ।सम्मेलनको मंसिर १६ गते उद्घाटन सत्र तथा १७ गते बन्द सत्रहुनेछ।

सम्मेलन बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको उल्लेख गरे ।
साथै लुम्बिनी प्रदेशमा मन्त्रालय नथप्ने अडान यथावत् रहेको जानकारी गराए।
‘आठ दलको सरकार छ, सबैलाई भागबन्डा पुर्‍याउनुपर्ने हुन्छ,’ उनले भने, ‘सबैलाई धेरै चाहियो भनेर अझ दुईटा मन्त्रालय थप्न प्रस्ताव आएको छ । पार्टीले नीतिगत रुपमा १० भन्दा बढी बनाउन हुँदैन भन्ने छ ।’ सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकांक्षा पूरा नहुने उनले बताए ।

सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।
सम्मेलनमा सबै प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४६८ प्रतिनिधि छानिने छन् भने प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १२१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना प्रतिनिधि रहने छन् ।

 

प्रकाशित मिति : सोमबार, मंसिर ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij