बुटवल-यही मंसिर १६ र १७ गते बुटवलमा हुन लागेको नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलनको तयारी तिब्र पारीएको छ । आइतबार बुटवलमा सम्मेलन सम्पन्न गर्न गठन गरीएका बिभिन्न समिति तथा उपसमितीहरुको भेला गरी सम्मेलनलाइ भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरीएको छ । स्वयमसेवक समितिका संयोजक शान्ति शर्माको अध्यक्षता र नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनको प्रमुख आतिथ्यतामा विभिन्न समिति उपसमितिका संयोजक तथा सदस्यहरुको भेलाले सो निर्णय गरेको हो ।
सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उनले बताए । कांग्रेसले देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो ।
प्रकाशित मिति : सोमबार, मंसिर ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्