भैरहवा-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने बताएका छन् । नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने बताए।
सभापति देउवाले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याई यहाँबाट अन्तर्राष्ट्रिय विमान उडाइने बताए ।अर्को प्रसंगमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने बताएका छन् । सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । कांग्रेस नेता डा चन्द्र भण्डारीले नयाँ पुस्तालाइ कुनैपनि गुटका पछि नलाग्न आग्रह गर्नुभयो । सो अबसरमा कांग्रेस नेताहरु भरत शाह, अब्दुुल रज्जाक,नैनसिह महर,अमरसिंह पुन,रामकृष्ण खाँण लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्