नेपाली काँग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आजदेखि बुटवलमा

नेपाली काँग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आजदेखि बुटवलमा

बुटवल-नेपाली काँग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आज शनिबार बुटवलमा हुँदै छ। सम्मेलनमा सहभागी हुन नेता तथा प्रतिनिधिहरु बुटवल आउने जारी छ। काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज हुँदै छ।

 

सम्मेलनको लागि केही नेता तथा प्रतिनिधी शुक्रबार हिजोसाँझनै बुटवल आइसकेको र धेरै जसो आज मात्र आउने कांग्रेसका प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।सम्मेलनको आज दिउसो १ बजे केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनमा नेता शेखर कोइराला, विश्वप्रकास शर्मा सहितका केही जिल्लाका  प्रतिनिधि हिजोनै बुटवल आइसकेको र सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका नेताहरु आजै आउने उहाँले बताउनुभयो।काँग्रेसको प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि करिव ७ सय जतिको सहभागीता रहने छ। सम्मेलन आइतबार भोलीसम्म चल्ने छ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन। ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछिपार्टी आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताउनुभयो।

प्रकाशित मिति : शनिबार, मंसिर १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij