नवराजसहित ६ जनाको हत्या मुद्दा : २४ जनालाई जन्म कैदको फैसला

नवराजसहित ६ जनाको हत्या मुद्दा : २४ जनालाई जन्म कैदको फैसला

रुकुम पश्चिम-रुकुम जिल्ला अदालतले नवराज विकलगायत ६ जनाको हत्यामामा संलग्न २४ जनालाई जन्म कैदको सजाय हुने फैसला गरेको छ।

 

 

रुकुम पश्चिम चौरजहारीको सोतीमा भएको नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै रुकुम जिल्ला अदालतले आज (मंगलवार) उनीहरूलाई जन्म कैदको फैसला सुनाएको हो।

अन्तरजातीय प्रेमको विषयलाई लिएर २०७७ जेठ १० गते रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या गरिएको थियो।

२०७७ साल जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग बिहे गर्न सोती गएका थिए।

दलितले ठकुरीकी छोरी बिहे गर्न लागेको भन्दै आक्रोशित भएका सोती गाउँका बासिन्दाले नवराजसहित उनका साथीहरूलाई लखेटीलखेटी हत्या गरेका थिए।

त्यस घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मारिएकाहरूको लास भेरी नदीमा फेला परेको थियो। ​जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।

जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।

यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ।

 

प्रकाशित मिति : मंगलबार, मंसिर १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij