बाल अधिकार एवम् संरक्षणमा विशेष चासो दिन बुटवलका जनप्रतिनिधि प्रतिबद्ध

बाल अधिकार एवम् संरक्षणमा विशेष चासो दिन बुटवलका जनप्रतिनिधि प्रतिबद्ध

बुटवल-बुटवलका जनप्रतिनिधिले बाल अधिकार एवम् संरक्षणमा विशेष चासो दिने प्रतिबद्धता जनाएका छन्। बिहीबार बुटवलमा आयोजित जनप्रतिनिधिहरुका लागि बाल अधिकार एवम् संरक्षणमा स्थानीय तहको भूमिका तथा जिम्मेवारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले बालमैत्री नगर बनाउनका लागि यथेष्ट प्रयास गर्ने बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बालबालिकामैत्री नगर बनाउनका लागि आवश्यक कानून निर्माण गर्ने बताए। उनले बालबालिकाको श्रमशोषण, पोषक खानाको अभाव, अपहेलना, पारिवारिक र लैङ्गिक हिंसा, उपयुक्त स्वास्थ्य सुविधा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य गर्नका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेको बताए।

उनले नगरलाई सबै उमेर, सबै जातजाति, सबै समुदाय र सबै भाषाभाषीहरुको समान अस्तित्व र सहभागिता हुने गरी नीति कार्यक्रम तय गर्ने गरेको बताए। उनले बालश्रममुक्त शहर बनाउनका लागि कडाइका साथ अनुगमन र नियमन गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको हेरचाहदेखि विद्यालय शिक्षासम्ममा अधिकार र संरक्षणमा विशेष चासो दिएको बताइन्। उनले बुटवल सबैले समान अधिकार प्राप्त गरेको शहर बनाउनका लागि प्रतिबद्ध रहेको बताइन्।

बुटवल उपमहानगरपालिकाको आयोजना, सेतो गुराँस बालविकास सेवा रुपन्देहीको समन्वय र किडासाको सहयोगमा भएको कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, किडासाका सञ्जय आत्रेय, सेतो गुराँस बालविकास सेवा रुपन्देहीकी अध्यक्ष ओमी पुनले बोल्दै बालअधिकारको संरक्षण हुनसकेमात्रै मुलुकले दक्ष जनशक्ति प्राप्त गर्न सक्ने बताएका थिए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडाध्यक्षहरु विष्णु ढकाल, रामचन्द्र क्षेत्री, चन्द्रसिंह थापा, आर्थिक विकास तथा समाजकल्याण महाशाखा प्रमुख तुल्सा अर्याल, महिला बालबालिका तथा समावेशी शाखाकी तारा भुसालले बोल्दै बालबालिकाको अधिकार प्रदान र संरक्षणमा सबै क्षेत्रको समान भूमिका रहने बताएका थिए।

प्रकाशित मिति : बिहिबार, मंसिर २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij