लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुख बीच बुटवलमा भेट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुख बीच बुटवलमा भेट

 

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगर बीच आज भेटबार्ता भएको छ । आज बुटवलमा भएको भेटबार्तामा हिउदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितीको सभापति चयन, सरकार बिस्तार लगायतको विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । झन्डै एक १घण्टा भएको छलफल भेटमा सरकार र सभाका काम कार्बाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवस्यकता पर्नेमा मुख्यमन्त्री र सभामुखले जोड दिनु भएको थियो । प्रदेश सभाको काम कार्बाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको बताएको छ । मुख्यमन्त्री र सभामुख बिच सरकार र प्रदेश सभा संचालनको सन्दर्भमा नियमित रुपमा छलफल भए पनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भएको भेटघाट सम्भवतह:पहिलो पटक हो । दुबैजना कार्यक्रमको सिलसिलामा रुपन्देही आउनु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij