तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको जानकीनगर आमा समूहले एकहप्ते जुत्ता चप्पल बनाउने तालिम आयोजना गरेको छ । आज देखि शुरू भएको तालिमको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडाध्यक्ष कल्याण प्रसाद पौडेल ले ब्यानर पढेर उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै वडाध्यक्ष पौडेलले सबैको हातमा सीप आबश्यक रहेको र सीप सीकेको ब्यक्ति कहिल्यै भोको र नांगो नहुने उल्लेख गर्दै समूहले आयोजना गरेको यो तालिम सीकेर सिकेको ज्ञान र सीपलाई ब्यबहारमा लागु गर्न सुझाव दिनुभएको थियो । समूहका अध्यक्ष मन्जु गौतमले समूहको बार्षिक निति तथा कार्यक्रम अन्तर्गत यो कार्यक्रम गर्न थालिएको बताउनुभयो। उहाँले तालिम लिएर यत्तिकै नबसी ब्याबसायिक रुपमा संचालन गर्ने समूहका सदस्यहरूलाई तालिममा समावेश गरिएको बताउनुभयो । दश जना प्रशिक्षार्थी सहभागी रहेको तालिमको समूहका उपाध्यक्ष गिता रानाको स्वागत तथा सचिव कल्पना शर्मा को संचालनमा भएको हो । तालिमको सहजीकरण प्रतिमा पन्तले गर्नुभएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्