पाल्पामा जिप दुर्घटना :८ जनाको मृत्यु, उद्घारकार्य जारी

पाल्पामा जिप दुर्घटना :८ जनाको मृत्यु, उद्घारकार्य जारी

  1. पाल्पा : पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्।  प्रहरी र स्थानीयले  घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij