JanataToday.com

Advertisment

SKIP THIS

पाल्पाको तिनाउमा आज शोक बिदा, ज्यान गुमाएका व्यक्तिका परिवारलाई ३५ हजार रुपैयाँ राहत

पाल्पाको तिनाउमा आज शोक बिदा, ज्यान गुमाएका व्यक्तिका परिवारलाई ३५ हजार रुपैयाँ राहत

पाल्पा – पाल्पामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले आज बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा पालिका मातहतका कार्यालयहरूमा बिदा दिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ मा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये पाँच जना तिनाउ गाउँपालिकाभित्रैका हुन् । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार रुपैयाँ सहयोग गर्नेसमेत घोषणा गरेको छ । दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीपका चालक पाल्पाको तानसेन नगरपालिका–१० का दानबहादुर चिदीलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । क्षमताभन्दा बढी यात्रु र सामान बोकेको जीपले उकालोमा तान्न नसकेपछि पछि हटेर सडकबाट खसेको स्थानीयले बताएका छन् ।

हिजो तानसेन–बुटवल सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको चिदिसातर्फ गुडिरहेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij