काठमाडौँ : धादिङको थाक्रे गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने चालक सहित ५ जना घाइते भएका छन्।
नौबीसेबाट काउलेका लागि गुडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे-८ काउलेका ८० वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।
मृतक तामाङको शव पोष्ट मार्टमका लागि गजुरी अस्पताल लगिएको छ। आज दिउँसो भएको दुर्घटनाका घाइते हुनेहरूमा सोही ठाउँका चालक विष्णु स्याङताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन्।
घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सिङ्गल क्याबिनको उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्