लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ ।   नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन महास्थविर, संघका उपनायक भिक्षु गुणधोष महास्थविर अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष  फ्रा. धम्मशोभन महास्थवीरले शनिबार एक समारोहका विच उद्घाटन गरेका हुन ।

अखिल नेपाल भिक्षु महासंघ सचीव भिक्षु निग्रोध महास्थवीरले रिवन काटेर उद्घाटन गरिएको हो । अखिल नेपाल भिक्षु महासंघले निर्माण गरेको भवनको भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर उद्घाटन गरिएको हो । विहार करिव १ करोड ९० लाखको लागतमा तयार पारिएको संघले जनाएको छ ।

विहार उद्घाटनपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.ल्हारक्याल लामाले  शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताए ।  ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष डा. लामाले आज सबै बौद्धमार्गी मात्र नभई सबै मानव समाज  उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भैरहेको समेत बताएका छन् । कार्यक्रममा महासंघका उपाध्यक्ष शीलभद्र महास्थविर, अर्का उपाध्यक्ष सद्धातिम्स महास्थविर लगायतले बोलेका थिए ।

विहारभित्र बुद्ध मूर्ति  एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ। विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।

भिक्षु महासंघले आईतबारदेखि तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजना गरेको छ । लुम्बिनी विकास कोष लगायतका संस्थाहरुसँग सहकार्यमा आयोजित त्रिपिटक पाठ समारोहको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नेछन् । आईतबार विहान पवित्र त्रिपिटक ग्रन्थ शोभायात्रा शुरु हुने अपखल नेपाल भिक्षु महासंघका महासचिव धर्मगुस्त महास्थविरले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij