नमस्ते नेपाद्वारा अब के ? विषयमा बहस

नमस्ते नेपाद्वारा अब के ? विषयमा बहस

नेपालमा सम्भावना नै सम्भावना रहेकाे वक्ताहरूको निष्कर्ष

बुटवल -हाम्रो देश नेपालमा सम्भावना नै सम्भावना रहेकाे एक कार्यक्रमका वक्ताहरूले निष्कर्ष निकालेका छन् । परिवर्तन  सबैभन्दा पहिले अाफैबाट सुरू गरेमा सबै सम्भव हुनेमा उनीहरूले जाेड दिएका हुन् । शनिबार नमस्ते नेपालले तिलाेत्तमा ३ मा अायाेजना गरेकाे अब के ? नामक बहस कार्यक्रममा बाेल्ने वक्ताहरूले ईच्छा शक्ति र जाँगर भएमा नेपालमै राम्रो सम्भावना रहेकाे प्रष्ट पारेका छन् ।

निराशालाई अाफैबाट हटाई सकारात्मक साेँच लिएर गरेका काम सफल हुने उनीहरूकाे जाेड छ ।
युवाले सम्बन्धित विषयमा दक्षता हाँसिल गर्न सके हरेक काम प्रभावकारी हुने उनीहरूले बताएका छन् । साथै त्रिभुवन विश्व विद्यालयकाे पुनर्संरचना गर्नुपर्ने उनीहरूकाे तर्क छ ।
कार्यक्रममा युवा उद्यमी तथा व्यवसायी जगत बहादुर पाेखरेलले सामुहिक लगानी गर्नुपर्ने बताए । उनले युवाले काम धेरै र कुरा थाेरै गर्न अाग्रह गरे ।

कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले नगर सदैव युवाकै पक्षमा रहेकाे बताए । नगरपालिकका उपप्रमुख जगेश्वर देवी चाैधरीले नगरले युवा केन्द्रीत कार्यक्रममा जाेड दिएकाे प्रष्ट पारिन् । अब के ? नामक बहस तथा छ्लफल
कार्यक्रममा मुख्य वक्ताको रुपमा याेजना आयाेगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. गाेविन्द राज पाेखरेल वक्ताको रुपमा अनुसन्धानकर्ता किरण चापागाईं , त्रिभुवन विश्वविद्यालय  केन्द्रीय विभाग उप प्राध्यापक तथा लेखक वाइपी आचार्य , युवा उद्यमी जगत बहादुर पोखरेल रहनु भएको थियो भने  टुना टेक्नोलोजी बुटवलका प्रमुख कार्यकारी अधिकृत राजिव गाैतमले सहजकर्ताको भूमिका साथै अमर खत्रीले टिपोटकर्ताको भूमिका निभाएका थिए । करिव ३०० जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीबाट आएका थुप्रै प्रश्नहरुको जवाफ कार्यक्रमका मुख्य वक्ता एवं वक्ताहरुले दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्ष गाेविन्द केसी , कार्यक्रम संयाेजक तथा नमस्ते नेपालका  संस्थापक अध्यक्ष अर्जुन खरेल  र स्टाेरी टेलर सुदन ज्ञवाली लगायतले आफ्ना भनाइ राखेका थिए ।

नमस्ते नेपाल केन्द्रीय कार्यसमिति अध्यक्ष मनिष भुसालकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष सुशील सुवेदीले स्वागत र सञ्चारकर्मी आविष्कार खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।
साे अवसरमै नयाँ वर्ष २०८१ सालकाे भित्तेपात्राेकाे समेत विमाेचन गरिएकाे थियाे ।

प्रकाशित मिति : शनिबार, चैत्र १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij