अस्कर इन्टरनेशनल कलेजकाे बुटवलमा एकदिने चलचित्र कार्यशाला

अस्कर इन्टरनेशनल कलेजकाे बुटवलमा एकदिने चलचित्र कार्यशाला

अस्कर ईन्टरनेशनल कलेज(कलेज अफ फिलिम स्टडिज)को आयोजानमा बुटवलमा चलचित्र शाक्षरता कार्यशाला गरिएको छ । न्यू होराईजन कलेज कालिकानरमा एक कार्यक्रमको आयोजना गरी कार्यशाला गरिएको हो । कार्यशालामा चलचित्रको ईतिहास, डिजिटल दुनियाँमा चलचित्र साक्षरताको अवस्था, चलचित्रको ईतिहास लगायतको विषयमा कार्यशालामा प्रकाश  परिएको थियो ।

अस्कर  कलेजका प्राचार्य तथा निर्देशक रामराज दाहालले चलचित्रको भविष्य नेपालमा उच्च भएको बताएका थिए । उनले नेपालमा विदेशी चलचित्रसमेत सुटिङ्गको लागि आउने गरेको बताउँदै यसको लागि उपर्युक्त वातावारण नेपालमा भएको बताएका थिए ।

यस्तै कार्यशालामा अस्कर कलेजका प्रशासन प्रमुख तथा निर्देशक नविन न्यौपानले  बुटवल क्षेत्र चलचित्र सुटिङ्गको लागि अझ गतिलो स्थान भएको बताएका थिए । उनले बुटवल पहाडी क्षेत्र र तराईको संमग स्थान हुनुको साथै विश्वकै प्रमुख गन्तव्यको रुपमा रहेको भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नजिकै रहेको कारण पनि यो क्षेत्रमा चलचत्रि निर्माणको संभावना उच्च रहेको उनको भनाई थियो ।

कार्याशालामा सुरज कट्वाल, नविन न्यौपाने, परासर वाग्ले लगायतले सहजीकरण गरेका थिए । न्यु होराईजन माविका संस्थापक तथा प्राचार्य लोकनाथ उपाध्यायले चलचत्रिको विषय यो क्षेत्रको लागि नौलो नभएको भन्दै पछिल्लो समयमा नेपाली सिनेमाघर बन्द हुदै जानु यसमा प्रविधिको प्रभाव बढि भएको भन्दै यो तर्फ सबैले ख्याल गर्नुपर्ने बताएका थिए ।

उनले अबको पुस्ता चलचित्रमा अभिनय, उपकरण अपरेटर सहित  डिजिटलाईजेसनमा समेत आवद्ध भएर रोजगारी पाउन सक्ने संभावना समेत रहेको बताएका थिए ।

बुटवल थ्रिएटर ग्रुपको सहयोगमा भएको कार्यक्रममा न्यु होराईजन कलेजका कक्षा ११ सहित अन्य विद्यालयका विद्यार्थीहरु समेत सहभागी रहेको बुटवल थ्रिएयटरका सञ्चालक अस्विन केसीले  जानकारी दिए ।

चलचित्र साक्षरता कार्यशाला नेपालमा १० वटा शहरमा गरिदैने छ । बुटवलमा छैठौ कार्यशाला गरिएको हो । पोखरामा १० औ कार्याशाला गरेर  चलचित्र साक्षरता कार्याशालाको  समापन गरिने कार्यक्रम तय गरिएको छ ।

कार्यशालामा कला संग्राैलाको  सट मुभी बुट्टे रुमाल र विराज कर्माचार्यको थन्स एण्ड रोज नामका दुईवटा सट भुमिसमेत विद्यार्थीहरुलाई देखाइएको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij