द हिमांशु डिजाइनर रनवे सिजन ४ काे उपाधि देवदहकी साेनी गुरूङले हात पारेकी छन् । बुधबार बुटवलमा भएकाे साे रनवे मा तेह्र जना प्रतिष्पर्धीलाई पछाडि पार्दै साेनीले उपाधि जितेकी हुन् । जितसँगै उनले इन्ड्रस्ट्रियल स्विङ मेशिन , आकर्षक गिफ्ट र प्रमाणपत्र पाएकी छन् । साथै स्टुडेण्ड अफ द इअरमा अप्सरा अनसारी, इन्टरनेशल प्रतिभा जिसी केसी , राजकुमारी यादव
क्रियटिभ अफ द इअर हुन सफल भएका छन् ।
हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर बुटवलकाे अायाेजनामा भएकाे प्रतिष्पर्धामा भलबारीकी मनिशा चाैहान मगर फस्ट रनर अप हुन सफल भएकी छन् भने सविना थापा सेकेन्ड रनरअप भएकी हुन् । त्यसैगरी अस्मिता उपाध्याय थर्ड रनरअप , ममता चाैधरी फाेर्थ रनरअप हुन सफल भएकाे अायाेजक हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले जनाएकाे छ ।
रचना बस्याल फिफ्थ रनरअप र वन्दना राना र राजकुमारी गुरूङ सिक्थ रनरअप भएकाे सेन्टरले जनाएको हाे ।
त्यसैगरी किड्स पार्टी वेयर गल्समा अस्मिता उपाध्याय प्रथम भएकी छन् भने मरियम अर्याल दाेस्राे भएकी छन् त्यस्तै साेनी गुरूङ तेस्रो हुन सफल भएकी छन् ।
त्यस्तै ब्वाइजमा अस्मिता उपाध्याय प्रथम , सविना थापा सेकेन्ड र मनिषा चाैहान मगर र रचना बस्याल तेस्राे भएकी हुन् ।
बुधबार नै भएकाे रिसेप्सन थेम राउन्डमा मनिषा चाैहान मगर प्रथम , ममता चाैधरी दाेस्राे र साेनी गुरूङ तेस्राे भएकी हुन् ।
हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका विद्यार्थीहरू बिच भएकाे ड्रपिङ थेम राउन्डमा मरियम अर्याल प्रथम र अस्मिता उपाध्याय दाेस्राे भएकी छन् । भने साेनी गुरूङ र ममता चाैधरी तेस्रो भएका हुन् ।
पास्नी ड्रेस राउन्डकाे ब्वाइजमा साेनी गुरूङ र गल्समा मनिषा चाैहान मगर विजेता बनेकाे सेन्टरका अध्यक्ष हिरा पेग्नीले जानकारी दिइन् । फेसन डिजाइनमा महिलाहरूकाे क्षमता अभिवृद्धि गराउने उद्धेश्यले २०२१ देखि हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा यो शो सुरु गरिएको हो ।
सो रनवे प्रतियोगितामा विजेताहरुलाई घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष गणेशप्रसाद अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको निर्णायकको रुपमा अमृता थापा, मन्जेस गिरी , जितु छन्त्याल, आशा कुमारी पचभैया र अमृता थापा मगर रहेका थिए । प्रतियोगितामा रुपन्देही नवलपरासी , कपिलवस्तु , पाल्पा र प्युठान जिल्लाबाट गरी १३ जना प्रतिष्पर्धीले भाग लिएकाे अध्यक्ष पेग्नीले बताइन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्