बुटवल
बुटवल उपमहानगरपालिका वडा नं १५ की निशा आचार्यले आफ्नो स्वास्थ्य परिक्षण आफ्नै वडामै गर्न पाएकोमा खुसी व्यक्त गर्दै बुटवल उपमहानगरपालिका लाई धन्यवाद दिनुभयो । शुरुमा लुम्बिनी प्रादेशिक अस्पतालमा गएकी उहाँलाई त्यहाँ कार्यरत चिकित्सकहरुले आगामी दिनमा परिक्षण गराउन आउँदा शहरी स्वास्थ्य केन्द्र बुद्धनगरमा जान सुझाए त्यस पछि उहाँ आफ्नो नियमित गर्भ परिक्षणका लागि शहरी स्वास्थ्य केन्द्र बुद्धनगर जान थाल्नुभयो । प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि जानुभएकी उहाँ धेरै बेर लाइन बसीरहँदा गाह्रो महशुस भयो, टाढा टाढाबाट आएका सेवा ग्राहिलाई पनि टिकट लिने देखि धेरै कुरामा लाइनमा बस्नुपर्दा पुरै दिन नै वित्ने हुन्थ्यो निशा भन्नुहुन्छ “अब शहरी स्वास्थ्य केन्द्रमा गएपछि धेरै बेर लाइन बसेर पालो कुरीरहनु पर्दैन छिट्टै नै परिक्षण हुने भएकाले सहज भएको छ । ”
गएको साउन महिनामा पहिलो पटक बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले गर्भवती महिलाको भिडियो एक्सरे नि शुल्क सेवा शुरु गरे देखी बुटवल उपमहानगरपालिकाका धेरै जसो गर्भवती महिलाहरु शहरी स्वास्थ्य केन्द्र बुद्धनगर जाने क्रम बढ्दै गएको छ । शुरुमा २०८० साउन १९ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल वडा नं ९ र ११ का लागि सेवा शुरु गरे पछि बुटवल उपमहानगरपालिाका महिलाहरु खुसी र लाभान्वित भएका हुन् ।
स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु ग्रिरहेको बुटवलमा यो सेवा सुरु गरिएको बताउदै नगरप्रमुख पाण्डेले बुटवलका १२ वटै स्वास्थ्य संस्थाहरुलाई अझ सुबिधासम्पन्न अस्पताल संचालन हुने गरि छिट्टै नै बुटवल १३ र १७ मा सुविधा सम्पन्न अस्पताल संचालन हुने जानकारी सो अवसरमा दिनुभएको थियो । बुटवल कै वडा नं ११ की संगिता नेपालीले पनि आफु पहिले बुटवलकै प्राईभेट क्लिनिकमा स्वास्थ्य उपचार गराइराखेको तर अब वडामै गुणस्तरीय भिडियो एक्सरे सेवा निःशुल्क रुपमा हुने भएपछि वडामै आएको बताउनुभयो । स्वास्थ्य परिक्षणका लागि धेरै पैसा खर्च गरेर चेक जाँच गराइराख्नु भएकी संगिताले ल्याब परिक्षण पनि गरिब तथा निम्न वर्गका लागि धेरै नै महंगो भैरहेको थियो । बुटवल उपमहानगरपालिकाले निःशुल्क ल्याब परिक्षण गर्ने थाहा भएपछि आफुले यहीँ केन्द्रबाटै परिक्षण गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।

महिलाहरुको स्वास्थ्यलाई बिषेश ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परिक्षण पनि गरिरहेको छ बुटवल उपमहानगरले । पहिलो चरणमा बुटवल उपमहानगर भित्रका १२ वटै स्वास्थ्य संस्थामा निःशुल्क भिडियो एक्सरे सेवा संचालन गरेको उपमहानगरले अहिले आएर बुटवल ११ बुद्धनगरमा रहेको शहरी स्वास्थ्य केन्द्रबाट दैनिक नियमित रुपमा निःशुल्क भिडियो एक्सरे सेवा तथा ल्याव परिक्षण सेवा उपलव्ध गराउदै आएको छ । अहिले केन्द्रमा एनामोली स्क्यान जुन गर्भ रहेको २२ हप्तामा गरिने गर्भवती परिक्षण हो त्यो र थाइराइड परिक्षण बाहेक सम्पूर्ण ल्याव परिक्षण पनि गर्भवती महिलाका लागि निःशुल्क रुपमा गदै आइरहेको केन्द्रका सिनियर अनमी निरिक्षक सीता अधिकारी भुषालले बताउनुभयो । प्रत्येक वडामा एक चरणको कार्यक्रम पछि चैत महिना बाट नियमित रुपमा यस केन्द्रबाट नियमित रुपमा परिक्षण शुरु गरिएको उहाँले जानकारी गराउनुभयो ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा उपनिर्देशक युवराज पाण्डेले अब देखी बुटवलका १२ वटै स्वास्थ्य संस्था मध्ये बुद्धनगरको शहरी स्वास्थ्य केन्द्रमानै सेवा शुरु भएको बताउनुभयो । उहाँका अनुसार यो सेवा बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहिको चापलाई ध्यानमा राखेर भौगोलिक रुपमा पनि बुटवल ११ बुद्धनगरमा रहेको शहरी स्वास्थ्य केन्द्र उपमहानगरकै केन्द्रमानेर यहाँ राख्ने सोच गराएको बताउनुभयो ।
यहाँ आउने धेरैजसो सेवा ग्राहिले अहिलेको व्यस्त समयमा यहाँ सेवा लिन आउँदा समयको बचतको साथै अनुभवी र तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्ने व्यवहार धेरै राम्रो रहेको प्रतिक्रिया दिने गरेका छन् । अहिले केन्द्रमा साउन मसान्त सम्म १ सय ३३ जनाले सेवा लिएकोमा सेवा शुरु भएयता चैत मसान्त सम्म २ सय ५८ जनाले यो सुबिधा लिएका केन्द्रका सिनियर अनमी निरिक्षक सीता अधिकारी भुषाल बताउनुहुन्छ । उहाँले यो सेवा बिस्तार हुनुपुर्व कतिपय मेशिनहरु इसै थन्किएर रहेकामा सेवा प्रबाह बिस्तार संगै मेशिनहरु प्नि उपपयोगमा आएको बताउनुभयो ।
साथै उहाँले मातृ सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थाबाट रित पुगेका गर्भवती परिक्षणका लागि आएकालाई रु १८०० का दरले तथा रित नपुगि आएका गर्भवती परिक्षणका सुत्केरी आमाहरुलाई रु १००० का दरले सुत्केरी स्याहार भत्ता समेत प्रदान भैरहेको बताउनुभयो । केन्द््रका तीन सय ९१ ज्नाले नियमित गर्भवती परिक्षण गराइसकेका छन् । जस अनुसार तीन सय पचास जनाले सुत्केरी स्याहार भत्ता समेत पाइसकेका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो ।
प्राइभेट क्लिनीकमा स्वास्थ्य परिक्षण गर्दा धेरै नै महङ्गो शुल्क लाग्ने गरेको विपन्न, गरिब, तथा असहाय महिलाहरुलाई नियमित भिडियो एक्सरे सेवामा असहज हुदै आएको र यो सेवा सूचारु भए संगै आर्थिक भार पनि कम पर्ने भएको बुद्धनगर शहरी स्वास्थ्य केन्द्रमा परिक्षण गराइरहनु भएकी मनिशा सुनारले बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्