बुटवल-प्रत्येक महिना गरिने अनुगमनले पछिल्लो समय बुटवलका व्यवसायीहरू सुध्रिएको भेटिएका छन् । बुटवल उपमहानगरपालिकाको अगुवाइमा आकस्मिकरूपमा गरिने अनुगमनले बुटवल उपमहानगरपालिकाभित्र रहेर व्यापार व्यवसाय गर्ने विभिन्न क्षेत्र र प्रकृतिका व्यवसायीहरू सुध्रिएको भेटिएको अनुगमन टोलीले जनाएको हो ।
बुटवल उपमहानगरपालिका र सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गर्ने गरिन्छ । सो अनुगमन टोलीले पछिल्लो समय यही वैशाख २४ गते बुटवल उपमहानगरपालिकाभित्र रहेका तीनवटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेकोमा कार्वाही गर्नैपर्ने त्यस्तो कुनैपनि दोष नभेटिएको अनुगमन टोलीको भनाइ छ ।
२४ गते आइतबार बुटवल ९ मा रहेको डेडिज किचन , बुटवल ९ मै रहेको गत महिना मात्रै सञ्चालनमा आएको होटल पाण्डा र वडा नम्बर ८ को निर्भाना रेष्टुरेन्ट , लज एण्ड बारमा अनुगमन गरिएको थियो । त्यी होटल तथा रेष्टुरेन्टहरूमा किचन सफा रहेको पाइएको छ । तर होटल सञ्चालकहरूले होटलको किचनमा मात्रै ध्यान दिँदा अन्य केही कुरामा भने विचार नपुर्याएको अनुगमन टोलीको ठहर छ । होटल तथा रेष्टुरेन्टहरूमा भाँडाकुँडा सफा गर्ने व्यक्ति सफा नभएको साथै भाँडा सफा गर्ने ठाउँ सफा नभएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।
त्यसैगरी खानेकुरा बनाउने समयमा एप्रोन र ग्लोब्स नलगाएको अध्यक्ष जिसीको भनाइ छ । उनी भन्छन् (ू अनुगमनका क्रममा होटलहरूका किचन त सफा पायौँ तर भाँडा माझ्ने व्यक्ति र माझ्ने ठाउँ फोहोर भेट्यौं । यो कुरामा सुधार गर्न सल्लाह सुझाव दिएका छौँ । ू
नगरले गर्ने नियमित अनुगमनबाट उपभोक्ता पनि खुसी छन् । बुटवल ४ का रविन्द्रनाथ पंगेनीले व्यापार व्यवसाय गर्दा भएका मनपरी र लापरवाहीले उपभोक्ता मारमा परिरहेको अवस्थामा अनुगमनले त्यस्ता प्रवृत्ति भएकाहरूलाई तह लगाएको बताउँछन् । उनी भन्छन् (ू यो काम निरन्तर भैरहनु पर्छ ।ू
गत हप्ता बुटवल ९ मा रहेको डेडिज किचनमा खाना खाएका करिब १२ जना सिकिस्त बिरामी परे । फुड पोइजन भई बिरामी परेका उनीहरू बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटलमा भर्ना भएका थिए । अर्को दिन उपचारपश्चात उनीहरू डिस्चार्ज भए । सो घटनाले अनुगमन टोलीको मुख्य गन्तव्य सोहि डेडिज किचन बनेको थियो । अन्य समयमा सचेतताका साथ आफ्ना ग्राहकहरूलाई स्तरीय सेवा दिएको सो होटल त्यो घटनाले आफै पनि आश्चर्यचकित बनेको थियो ।
तर अनुगमन टोली नपुग्दै कारण के रहेछ भनी पानी परिक्षणका लागि होटलले प्रयोगशालामा पठाएको अनुगमन टोलीमा खटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रवेश पोखरेलले जानकारी दिए । पोखरेलले भने (ू उहाँहरू आफैँ पनि सचेत हुनुहँदो रहेछ । हामीले पनि सबै हेर्यौँ त्यस्तो केही पाएनौँ । हामी पुग्नु अघि नै होटल सञ्चालकले पानीको कारण बिरामी परेको पो हो कि भन्ने आशंकाले पानी परिक्षणका लागि प्रयोगशाला पठाउनु भएको रहेछ । ू सो स्थानमा बुटवल तिनकुनेबाट धारामा पानी आउँछ । खाद्य निरिक्षक पोखरेलका अनुसार प्रयोगशालाको रिपोर्ट आइसकेको छैन् ।
नगरपालिकाका अनुगमन शाखाका सहायक कर्मचारी प्रकाशमणि बस्यालले विभिन्न प्रकृतिका व्यवसायमा अनुगमन गर्ने गरिएको बताए । होटल रेष्टुरेन्ट , मासु पसल , किराना , दूध डेरी , मिष्ठान्न पसल , विद्यालय र अस्पतालका चमेना गृहलगायतका विभिन्न व्यवसायको अनुगमन गरिएको बस्यालको भनाइ छ । उनले पहिलेको तुलनामा व्यवसायीहरू केही परिवर्तन भएको बताउँछन् । उनी भन्छन् ( ू अनुगमनकै लागि भएपनि व्यवसायमा केही सुधार आएको छ ।
बुटवल उपमहानगरपालिका अनुगमन तथा मूल्यांकन
शाखाका प्रमुख ठगिश्वर पोखरेलले पछिल्लो समय बुटवलका हरेक प्रकृतिका व्यवसायीहरू सुध्रिएको दावी गर्छन् । प्राविधिकसहित गरिने अनुगमनले व्यापार व्यवसायमा सुधार गर्नुपर्छ भन्ने चेतना जागेको बताए ।
बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानूनबमोजिम कार्वाही गरिएको उनले बताए ।
बुटवल उपमहानगरपालिकाले बजार अनुगमनका लागि स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५ भनेर कार्यविधि नै जारी गरेको छ । जसको संयोजक उपमहानगरपालिकाका उपप्रमुख नै रहने गरी अनुगमन टोली गठन गरिएको छ ।
हरेक पटकको अनुगमनका क्रममा कतिपय व्यवसायीले व्यवसाय दर्ता नगरेका , कतिपयले वर्षौँदेखि नवीकरण नगरेका , सामानको खरिद बिल नभेटिएको , कतिपयले मूल्यसूची नराखेकोलगायतका समस्या भेटिएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बताइन् । विभिन्न कसुर र कमजोरीका लागि तोकिएको मितिमा आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको र प्राय सबै व्यवसायीहरू प्रकृया पुर्याई कार्यालयमा उपस्थित भएको उपप्रमुख अर्यालको भनाइ छ ।
उपप्रमुख अर्याल भन्छिन् ( ू पहिलेको तुलनामा बुटवलमा रहेका विभिन्न पेशा व्यवसाय गर्ने व्यवसायीहरूमा पछिल्लो समय केही परिवर्तन आएको छ । हरेक महिनामा हुने आकस्मिक अनुगमनले व्यवसायीहरू सच्चिनुभएको छ । कहाँ र कत्तिबेला अनुगमन हुन्छ भर छैन् । त्यसैले पनि व्यवसाय गर्दा हुने गल्ती धेरै सुधार भएको छ ।
ू उपप्रमुख अर्याल थप्छिन् ( ू पहिले अनुगमनमा पुग्दा होटल रेष्टुरेन्ट , मिष्ठान्न भण्डारका किचन फोहर हुन्थे । एक पटक प्रयोग गरिएको तेल पटकपटक प्रयोग गर्ने गरिएको भेटिन्थे । तर पछिल्लो समय भने त्यी गल्ती दोहोरिएका छैनन् , सुधार भएका छन् । ू व्यवसायीहरू मापदण्डअनुसार नै व्यवसायी चलेको उपप्रमुख अर्यालको भनाइ छ । पहिले चाडपर्वमा केन्द्रित अनुगमन हुन्थ्यो भने हाल निरन्तर भैरहेको उपप्रमुख अर्याल बताउँछिन् ।
उपमहानगरपालिकाले गरेको अनुगमनको विवरण
अनुगमन तथा मूल्यांकन शाखाका अनुसार बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८०र०८१को वैशाख २५ गतेसम्म विभिन्न क्षेत्रका १३२ ठाउँमा अनुगमन गरेको छ ।
१. नगरले ३२ वटा खाद्यान्न बिक्री पसलको अनुगमन गरेको छ । सोहि क्रममा अखाद्य अवस्थामा रहेको केही खाद्यान्न जफत गरी नष्ट गरिएको र आगामी दिनका लागि सचेत गराइएको छ ।
२. ८ वटा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा १२ लिटर अखाद्य तेल र १० किलो मिठाई जफत गरी नष्ट गरिएको र सचेत पनि गराइएको छ ।
३. २९ वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गर्दा म्याद नाघेको चाउमिनका २० पोका जफत गरी नष्ट गरिएको साथै सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ ।
४. ११ वटा विद्यालय र अस्पतालका चमेना गृहको अनुगमन गर्दा सरसफाइमा थप ध्यान दिन निर्देशन दिइएको छ ।
५. सहकारीहरूलाई तोकिएका क्षेत्रका कृषकहरूलाई मात्र अनुदानको मल बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।
६. विभिन्न प्रकृतिका अन्य १० व्यवसाय ।
७. ४ वटा डेरीमा १३ किलो अखाद्य पनिर जफत गरी नष्ट गरिएको र सचेत गराइएको छ ।
८. १४ टुर्स एण्ड ट्राभल्स दर्ता र दर्ता नवीकरण नभएका ११ ट्राभल्सबाट रू २२०००० जरिवाना असुली भएको । सो रकम जिल्ला अनुगमन समितिबाट अनुगमन भएको साथै जरिवाना रकम जिल्ला पर्यटन कार्यालय रूपन्देहीमा जम्मा भएको ।
९. १३ मासु विक्री तथा पसलमा अखाद्य अवस्थामा रहेको मासु विक्री गर्ने व्यवसायीको करिब १० किलो मासु जफत गरी नष्ट गरिएको र दुईजना व्यवसायीबाट रू १० हजार जरिवाना असुल गरिएको र सो रकम बुटवल उपमहानगरपालिकामा जम्मा भएको ।
१०. नियमितरूपमा नगर क्षेत्रमा सञ्चालित ठूला योजना तथा कार्यक्रम ९ विद्यालयमा सञ्चालित विभिन्न तहका परीक्षा , खोप कार्यक्रम , वडा कार्यालय , शहरी स्वास्थ्य केन्द्र , तालिम नदीजन्य पदार्थ उत्खनन आदि ०
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्