बुटवल ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) रुपन्देहीको अध्यक्ष पदमा सिए कमल ज्ञवाली चयन भएका छन् । संघको बुटवलमा सम्पन्न अधिवेशनबाट रुपन्देही जिल्लाको कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत बुटवलमा निर्वाचनको अवसरमा रुपन्देही जिल्ला समिति सर्वसम्मन चयन भएको हो ।
ज्ञवालीको नेतृत्वमा चयन भएको जिल्ला समितिको उपाध्यक्ष पदमा सिए महेश घिमिरे, सचिवमा सिए सगुन खनाल, कोषाध्यक्षमा सिए विजय न्यौपानेलाई चयन गरिएको छ ।
जिल्ला कार्यसमिति सदस्यहरुमा सिए सन्तोष न्यौपाने, सिए ध्रुव पौडेल, सिए केशव बस्याल, सिए अच्युत पाण्डे, सिए सुमन नेपाललाई चयन गरिएको निवर्तमान अध्यक्ष सिए प्रदिप भट्टराईले जानकारी दिए ।केन्द्रीय समितिको लागि लुम्बिनी प्रदेशको बुटवलमा भएको निर्वाचन भएको भएको सिए हरि लम्सालले जानकारी दिए । रुपन्देहीमा करिब ९० जना सदस्यहरु रहेका छन् ।
नवनियुक्त अध्यक्ष ज्ञवालीले सचिवालय निर्माण गर्ने, वित्तिय संस्थाहरुको संलग्नतामा खेल प्रतियोगिता सञ्चालन गर्ने, सामाजिक उत्तरदायीत्वका लागि बाल र बृद्ध आश्रममा सहयोग गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लगायतका कार्यहरु आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
एक्यानमा लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेको केन्द्रीय प्रतिनिधि दीपक ज्ञवालीले जानकारी गराए । एक्यानको नेतृत्व लिनको लागि केन्द्रीय अध्यक्ष पदमा सिए रमेश धिताल र सिए अरुण राउत प्रतिस्पर्धामा छन् ।
सोही दिन नै लुम्बिनी प्रदेश समितिको पनि सर्वसम्मत निर्वाचित गरिएको थियो । एक्यान लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सिए छविलाल पोखरेललाई चयन गरिएको थियो ।
अधिवेशनबाट प्रदेश समितिको सचिवमा बाँकेका सिए उपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रुपन्देहीका सिए सुशील ज्ञवाली, सदस्यहरुमा रुपन्देहीका सिए बालकृष्ण पाण्डे र दाङका सिए दीपक सेटीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सिए रुपेश महेश्वरीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, बैशाख ३१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्