२५६८ औ बुद्ध जयन्तीको अवसरमा शीलप्रार्थना र बुद्ध पूजा

२५६८ औ बुद्ध जयन्तीको अवसरमा शीलप्रार्थना र बुद्ध पूजा

२५६८ अाैँ बुद्ध जयन्ती स्वायाँ पुन्हीकाे अवसरमा
मणिमुकुन्द सेन पार्क बुटवल २ फूलबारीस्थित बुद्ध प्रतिमामा शीलप्रार्थना र बुद्ध पूजा गरिएको छ । बुटवल १ मा रहेकाे पद्म चैत्य विहारकाे अायाेजनामा भएकाे कार्यक्रममा मंगलबार बिहान बुद्ध प्रतिमामा शीलप्रार्थना र बुद्ध पूजा गरिएको विहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यले बताए ।बुद्ध सन्देश प्रवाह गर्ने उदेश्यले कार्यक्रम गरिएको
बाैद्ध युवा ज्ञानमाला संघ बुटवलका अध्यक्ष धिरेन्द्र मणि तुलाधरले बताए । कार्यक्रममा विहारका भन्ते कविन्दाे स्थवीरलगायतले बाेलेका थिए ।

कार्यक्रममा बाैद्ध महिला संघ , शाक्य समाजलगायतकाे उपस्थिति रहेकाे बाैद्ध युवा ज्ञानमाला संघले जनाएको छ । साथै मंगलबार नै शीलप्रार्थना बुद्ध पूजासँगै ज्ञानमाला भजन र धर्मदेशना भएकाे संघका सचिव अर्नलराज शाक्यले बताए । भने साँझ ६ बजे अाना पाना ध्यान भएकाे विहारले जनाएको छ । कार्यक्रम बाैद्ध युवा ज्ञानमाला संघकाे संयाेजनमा भएको थियाे ।

ज्येष्ठ ९ गते बुधबारकाे कार्यक्रम वर्तमान परिवेशमा बाैद्ध शिक्षाको अावश्यकता विषयमा दिउँसो १ बजे वक्तृत्वकला प्रतियोगिता , पुरस्कार तथा सम्मान पत्र वितरण गरिनेछ । साथै साँझ ६ बजे ज्ञानमाला भजन तथा प्रसाद वितरण गरिने विहारले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij