एबीसी’ मा कांग्रेस क्षेत्रीय सचिव भट्टराईले फहराए झण्डा

एबीसी’ मा कांग्रेस क्षेत्रीय सचिव भट्टराईले फहराए झण्डा

भैरहवा -नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सचिव लेखनाथ भट्टराईले अन्नपूर्ण बेस क्याम्प ‘एबीसी’ मा पुगेर पार्टीको झण्डा फहराएका छन् । उनले कांग्रेसको झण्डासँगै नेपालको राष्ट्रिय झण्डा पनि फहराएका छन् । ‘कास्कीको घान्दु्रकबाट तीनदिन पदयात्रामार्फत एबीसी पुगियो, पार्टीको चारतारे झण्डासँगै नेपालको राष्ट्रिय झण्डा फहराउन पाउँदा खुसी र गर्वको अनुभुति भयो, ’उनले भने । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण बेस क्याम्पको उचाई ४ हजार १ सय ३० मिटर छ । कांग्रेस रुपन्देही–३ का प्रवक्ता समेत रहेका भट्टराईले नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य एबीसीमा पाइला टेक्न पाउँदा गौरवान्दित महसुस गरेको बताए । गत वैशाख महिनामा आफ्ना दुई छोरासँगै उनी एबीसी पुगेका थिए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षिय भट्टराई भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पूर्व सभापति तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य समेत हुन् । पर्वत जिल्लामा जन्मेका भट्टराई २०५१ सालदेखि कांग्रेसमा आबद्ध भइ राजनीति क्षेत्रमा क्रियाशील रहेको बताउँछन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij