महिला सशक्तिकरणका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

महिला सशक्तिकरणका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

देवदह -रुपन्देहीको देवदह ५ खैरेनीमा शनिबारदेखि महिला सशक्तिकरणको लागि ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

देवदह सुनचाँदी व्यवसायी संघ रुपन्देहीको आयोजनमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै रुपन्देही सुनचाँदी व्यवसायी संघका सदस्य तिलक विश्वकर्माले अहिलेको समय भनेको सृजनात्मक समय भएको बताउँदै नेतृत्व विकास र बोल्ने कलाले मानिसलाई समाजमा छुट्टै पहिचान दिने बताउनु भयो ।

महिलाहरुलाई पनि राज्यका विभिन्न तह जोड्दै सामाजिक नेतृत्वमामा दक्ष जनशक्तिको रुपमा उत्पादन गर्न तालिम महत्वपुर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँले तालिमले व्यक्ति बाट व्यक्तित्व निर्माण गर्न सहयोग गर्ने भएकोले तालिम अवधिमा सहभागीहरुले धेरै कुरा सिक्नेमा आफु आसावादी रहेको बताउनुभयो ।

तालिममा २० जना सुनचाँदी महिला व्यवसायीको सहभागिता रहेको तालिमको पहिलो दिन पत्रकार फुलु सुनारले उद्घोषण कला, उद्घोषकमा हुनुपर्ने गुणहरु, उद्घोषणका प्रकार, कार्यक्रमका प्रकृति, उद्घोषणको लागि चाहिने गुणहरु, उद्घोषकको दायित्व, माईक्रोफोनको प्रयोग, ६ क को प्रयोग, वाक कलाको महत्व लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य टिकिसरा सुनार , देवदह सुनचाँदी महिला व्यवसायी समितीका अध्यक्ष सुजता गहतराजले अझै पनि धेरै महिलाहरुले आफ्ना मनका अभिव्यक्तिहरु ठाउँमा प्रस्तुत गर्न नसक्दा विभिन्न कामहरु गर्न बाट बञ्चित भैरहेको हुंदा अब महिलाहरु बोल्ने तथा सिक्ने र सिकेको कुरा व्यवहारमा उतर्नु पर्ने बताउनु भयो ।

कार्यक्रम देवदह सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष इन्द्र बहादुर सुनारको अध्यक्षता, संघका उपाध्यक्ष सुमन बरालको स्वागत र संघका सचिवकमल गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij