थ्रि अन थ्रि बास्केटबल टुर्नामेन्टकाे उपाधि बृटिश ग्रामर र सिद्धार्थलाई

थ्रि अन थ्रि बास्केटबल टुर्नामेन्टकाे उपाधि बृटिश ग्रामर र सिद्धार्थलाई

थ्रि अन थ्रि बास्केटबल टुर्नामेन्ट २०८१ काे उपाधि छात्रतर्फ बृटिश ग्रामर स्कुल र छात्रातर्फ सिद्धार्थ ईङ्लिश बाेडिङ स्कुलले जितेका छन् । रूपन्देहीको तिलाेत्तमा ४ काे सिद्धार्थ ईङलिस बाेडिङ स्कुलकाे अायाेजनामा भएकाे दुई दिने बास्केटबल प्रतियोगितामा रू १५ हजार मेडल र प्रमाणपत्र हात पार्दै उनीहरू विजेता बनेका हुन् ।

जिल्लास्तरीय अन्तर मावि प्रतियोगितामा छात्रातर्फ हाेराइजन स्कुल र छात्रतर्फ एभरेस्ट ईङलिश बाेडिङ स्कुल दाेस्राे भएका छन् । उनीहरूले रू १० हजारसहित मेडल र प्रमाणपत्र हात पारेका हुन् ।

प्रतियोगितामा छात्रातर्फ हाेराइजन स्कुलका सावल श्रेष्ठ सबैभन्दा बढी अंक जाेड्ने खेलाडी बनेकी छन् भने सिद्धर्थ स्कुलकी सञ्चिता अधिकारी सर्वाेत्कृष्ट खेलाडी बनेकी छन् । त्यसैगरी सिद्धार्थकै विपिना थापा रक्षात्मक खेलाडी बनेकी छन् ।

एभरेस्ट स्कुलका डर्विन शाह सबैभन्दा बढी अंक जाेड्ने खेलाडी बनेका छन् ।भने बृटिश ग्रामर स्कुलक नन्सिंग राना सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । त्यस्तै दीप बाेडिङ स्कुलका अादेश बराल रक्षात्मक खेलाडी बनेकाे खेल संयाेजक निर्मल थापाले बताए ।

पहिलाे चरणमा छात्रहरूकाे १६ वटा समूह र छात्राहरूकाे ५ वटा समूह खेलमा प्रतिष्पर्धा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यम बहादुर राना विद्यालयका खेल ईन्चार्ज मेघराज भट्टराईलगायतले बाेलेका थिए ।

प्रकाशित मिति : बुधबार, असार ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij