समाजसेवी हेमराज शर्मा पौडेलको स्मृतिमा पुरस्कार बितरण

समाजसेवी हेमराज शर्मा पौडेलको स्मृतिमा पुरस्कार बितरण

वरिष्ठ समाजसेवी तथा शिक्षा साधक धीरोदात्त हेमराज शर्मा पौडेलको आठौँ स्मृति दिवसको पावन अवसरमा हेमराज शर्मा प्रतिष्ठानद्वारा समाजसेवी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न  भएको छ  । उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष किरण पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिका रूपमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्याय हुनुहुन्थ्यो। उक्त कार्यक्रमको स्वागत मन्तव्य संस्थाका अध्यक्ष किरण पौडेल स्वयंले गर्नुभएको थियो भने शुभकामना मन्तव्य पूर्वस्रोत व्यक्ति उमानाथ शर्मा, त्रिभुवन माध्यमिक विद्यालयका अध्यक्ष डा.रामबहादुर केसी र बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष चूडामणि शर्माले राख्नुभएको थियो। सबै वक्ताहरूले स्वर्गीय हेमराजको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उक्त कार्यक्रममा धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार, समाजसेवी व्यक्तित्व काजी रोशनलाई वरिष्ठ समाजसेवीका रूपमा नगद रू ५०००/- सहित सम्मान गरिएको थियो भने धौलागिरि बहुमुखी क्याम्पसबाट स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने छात्रा प्रतीक्षा गौतम, त्रिभुवन माध्यमिक विद्यालयका जेहनदार छात्रछात्रा रेशम परियार र सुरक्षा शर्मा, जनमत माध्यमिक विद्यालय बाँस्कोटका छात्रछात्रा सिजन रिजाल र विनिता नेपालीलाई जनही रु २५००/- र प्रशंसापत्रले पुरस्कृत गरिएको थियो। सयौँको उपस्थिति रहेको उक्त कार्यक्रममा हेमराज शर्माको योगदानमा आधारित प्रेम गायकद्वारा रचित, कृष्ण केसीको एरेंन्ज़/स्वर ,थानेश्वर गौतम को संगीत, प्रेम थापाद्वारा व्यवस्थापन र रेकर्डिङ गरिएको हेमराज शर्मा प्रतिष्ठानद्वारा निर्माण गरिएको गीतको लोकार्पण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति : शुक्रबार, असार ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij