द आर्ट अफ लिभिङको बुटवलस्थित केन्द्रले मनायो अन्तर्राष्ट्रिय योग दिवस

द आर्ट अफ लिभिङको बुटवलस्थित केन्द्रले मनायो अन्तर्राष्ट्रिय योग दिवस

 

तिलोत्तमा- द आर्ट अफ लिभिङ नेपालको बुटवलस्थित केन्द्रले योग, प्राणायाम र ध्यान गरी १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । अन्तर्राष्ट्रिय  योग दिवसको अवसरमा शुक्रबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र राजमार्ग चौराहमा आयोजित कार्यक्रममा सो तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत, प्रहरी जवान र अन्तर्रास्ट्रिय योग दिवसका साधक गरी ३ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा तालिम केन्द्रका समादेशक हिमालय कुमार श्रेष्ठ, द आर्ट अफ लिभिङ रुपन्देही  जिल्ला समन्वय समिति संयोजक उज्ज्वल प्रसाद कसजु र सदस्य याम प्रसाद पोखरेलको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई द आर्ट अफ लिभिङका प्रशिक्षक विजय श्रेष्ठले योगाभ्यास गराएका थिए । यस्तै, प्रशिक्षकहरु बाबुराम ज्ञवाली, मनोज सापकोटा, उज्ज्वल खरेल,  सृजना गिरि, लक्ष्मी श्रेष्ठ र सृजना गोदारले सहजीकरण गरेका थिए । यसैगरी, द आर्ट अफ लिभिङ भैरहवाले होटेल भिलाशामा राम जानकी योग साधना समूहले तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयमा, बुटवल चिडियाराम फेदी केन्द्रले बुटवल जेसीसको सहकर्यमा  चिडियाराम फेदी केन्द्रमा योग साधना गरि दिवस  मनाएका थिए । द आर्ट अफ लिभिङ जिल्ला समन्वय  समिती का संयोजक उज्वल कसजुले आफुहरुले विभिन्न  समयमा विभिन्न  कार्यक्रम हरु गरेर सामाजिक सन्देश समेत फैलाइरहेको बताए । उनले योग अभ्यास  ले मानिस को जीवन मा निरोगिपनाको बिकास  गर्ने र आयु समेत बढाउने जनाए ।

प्रकाशित मिति : शुक्रबार, असार ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij