एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराइने

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए।

दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो। ‘अब जतिवटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ,’ प्रवक्ता दाहालले भने, ‘यसका लागि लेटर ग्रेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरू पनि आवश्यक छ।’

प्रवक्ता दाहालका अनुसार पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाइ र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको छ। बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार एक लाख २६ हजार ४७९ विद्यार्थीकाे दुईभन्दा बढी विषय लागेको छ। यी विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने मन्त्रालयले निर्णय गरेको हो।

प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij