गुल्मीमा एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो

गुल्मीमा एकै घरका ५ जना पहिरोमा पुरिए, ३ जनाको शव भेटियो

file photo

गुल्मी – गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएका छन् । तीन जनाको शव भेटिएको छ । मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

गएराति घर माथिबाट खसेको पहिरोले वर्ष ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती बर्ष ४७ की सुन्तली बिक, बुहारी बर्ष ३० की सिता बिक, नातीनीहरु बर्ष ७ की सपना विक र बर्ष २ की विपना बिकलाई पहिरोले पुरेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका मध्य भेषबहादुर, विक, बुहारी सिता बिक र सपना विकको शव भेटिएको छ । सुन्तली बिक र बिपना विकको खोजी भइरहेको छ । इस्मा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ । स्थानीयको सहयोगमा अहिले पहिरोमा पुरिएकाको खोजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, असार १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij