ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

काठमाडौं :  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ।

 

ब्यूरोले सोमबार पत्रकार सम्मेलन गर्दै ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको जनाएको हो।

यसमध्ये ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई २८३१.८९ केजी सुन ल्याएको ब्यूरोका प्रवक्ता एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

जुन ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बराबरको हुन आउँछ।

इलेक्ट्रोनिक मालवस्तु अन्तर्गत पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई छिपाई सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ।

६० केजी सुन तस्करी प्रकरणको अनुसन्धान गर्दै जाँदा सिआइबीले यो तथ्य फेला पारेको हो।

 

सिआइबीका अनुसार तस्करीका लागि पाँचवटा कम्पनी खडा गरिएको भेटिएको छ। जसअनुसार भुजेल इलेक्ट्रिक सप्लायर्सबाट १३०३.९६५ केजी, हवाडा इलेक्ट्रिक सप्लायर्सबाट ६३२.७९५ केजी, छुंगाक इलेक्ट्रिक सप्लायर्सबाट ७१६.८३, दोलखा इलेक्ट्रिक सप्लायर्सबाट १७०.८ र रेडी ट्रेड प्रालिबाट ७.५ केजी सुन तस्करी भएको सिआईबीले जनाएको छ।

थप अनुसन्धानका क्रममा २० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २२ संकटास्थित सुन रिफाइनेरी पसल संचालन गरी बस्ने २० वर्षीय सिद्धार्ठ्ठ भन्ने सिद्धनाथ गायकवाड, सेही ठाउँका २१ वर्षीय धिरज दिनेश भोइटे, भारत घर भई ललितपुर १२ पाटनमा सुनको परीक्षण गर्ने टंच हाउस संचालन गरी बस्ने २१ वर्षीय प्रशान्त गणेश बजबलकर, पर्साको वीरगंज १६ स्थायी घर भई काठमाडौंको मैतीदेवीमा बस्ने ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपालिका ९ पलासेका ३९ वर्षीय राजु खत्रीलगायत रहेका छन्।

नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : सोमबार, असार १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij