काठमाडौँ : सर्लाही जिल्ला अदालतले आफूलाई तपश्वी बताउने रामबहादुर बम्जनलाई बाल यौन दुराचार कसुरमा १० वर्ष कैदको सजाय हुने फैसला सुनाएको छ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैदसहित पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरलेजानकारी दिए।
यसअघि असार १० गते न्यायाधीश भण्डारीकै इजलासले बम्जनलाई दोषी ठहर गरी सजाय निर्धारणका लागि आज पेसी तोकेको थियो।
गत पुस २४ गते काठमाडौँबाट पक्राउ परेका बम्जनलाई पुस २८ गते जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
सर्लाहीस्थित उनको आश्रममा बाल यौन दुराचार भएको जाहेरी परेको थियो।
उनीविरुद्ध अन्य ४ जना अनुयायीलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता पारेको अभियोगसमेत छ। बम्जन जोडिएका अरु मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्