लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरियो

लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाण्डौ – केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारमा एमालेका पाँच मन्त्री थिए । उनीहरुले हिजो राजीनामा दिएपछि मुख्यमन्त्री महराले अब विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको समीकरणअनुसार महराले विश्वासको मत पाउने अवस्था छैन । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ५६ सांसद छन् ।

यस्तै सुदूरपश्चिममा एमालेले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी गएको वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र एमालेका ११ सदस्य रहेकाले नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत छ ।

प्रकाशित मिति : शुक्रबार, असार २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij