रास्वपाले ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटायो, साधारण सदस्य मात्रै रहने

रास्वपाले ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटायो, साधारण सदस्य मात्रै रहने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई थप कारबाही गरेको छ।

 

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गर्दै कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

देशका विभिन्न जिल्ला घुमेर ढकालले तयार पारेको प्रतिवेदनमा रास्वपा संकटउन्मुख भएको निष्कर्ष निकालिएको थियो। सोही विषय अनुशासन विपरीत ठहर गर्दै पार्टीले उनलाई कारबाही गरेको हो।

 

प्रकाशित मिति : मंगलबार, असार २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij