बुटवलको मोन्टोनो रेष्टुरेन्टमा कार्यरत रवी थापालाई छुरा प्रहार गरी फरार रहेका २ युवाले आत्मसर्मपण गरेका छन्।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व जिल्ला समिती सदस्य समेत रहेका बुटवल–७, निवासी ३६ वर्षीय रवि थापामाथी बुटवलका किशोर कुंवर र कुस्मन कार्कीले गएको जेठ २ गते गएको सरिरका बिभिन्न ठाउमा छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान काठमाण्डौमा निधन भएको थियो। रवीको मृत्युपछि फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले आज शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार २ जना अभियुक्त प्रहरीमा आइ आत्मसमर्पण गरेको बताए।
घटना पश्चात उनिहरु भारतकाे गाेरखपुर, हिमाचल, लखनउ र दिल्लीमा लुकी छिपी बस्दै आयकाेमा उनिहरुले लखनउमा काेठा लियर भाडामा बस्दै आयकाे सुराकका आधारमा ईलाका प्रहरी कार्यालय बुटवलकाे टाेलीले भारतीय प्रहरीकाे सहयाेगमा काेठामा छापा हान्दा उनिहरु प्रहरी पुग्नु भन्दा १५ मिनट अगाडि भागेकाे र दिल्ली तर्फ गएका ईलाका प्रहरी कार्यालय बुटवलकाे टाेलीले पछ्याउँदै अर्दा दिल्ली पुगी दिल्ली प्रहरीकाे सहयाेगमा उनीहरुका आफन्तलाई समेत साेधपुछ गरेपछि जहाँ गएपनि प्रहरीले छाडने भयन भनी आज प्रहरीमा आत्मसमर्पण गर्न आयको प्रहरीको भनाइ छ ।
यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गरेको थियो।
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्