नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

बुटवल-लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । प्रदेश प्रमुख शेरचनले राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गर्नुभयो । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उहाँले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दैै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताउनुभयो । विगतमा संविधानको अक्षरसः पालना नहँुदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो । सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij