JanataToday.com

Advertisment

SKIP THIS

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषदमा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु ।

मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको देउवाले बताए ।

राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने पनि बताए ।

१७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै देउवाले एमाले पनि दृढ रहने विश्वास व्यक्त गरे ।

‘असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनप्रति कांग्रेस दृढ छ र रहिरहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा विश्वस्त छु’, उनले भने ।

प्रकाशित मिति : आइतबार, साउन ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij