एमालेले लीला गिरीकाे ठाउँमा चेतनारायण आचार्यलाई लुम्बिनीकाे मुख्यमन्त्री बनाउने

एमालेले लीला गिरीकाे ठाउँमा चेतनारायण आचार्यलाई लुम्बिनीकाे मुख्यमन्त्री बनाउने

काठमाण्डाै – नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीको ठाउँमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताउनुभयो ।

लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लाग्नुभएको एमाले स्रोतले बताएको छ । आचार्य अर्घाखाँचीकाे निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएकाे हाे ।

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।

प्रकाशित मिति : सोमबार, साउन ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij