बुटवलकाे सावित्री क्लिनिकमा छाला, कपाल तथा याैन राेग सम्बन्धि विशेषज्ञ सेवा सुरु

बुटवलकाे सावित्री क्लिनिकमा छाला, कपाल तथा याैन राेग सम्बन्धि विशेषज्ञ सेवा सुरु

बुटवल -बुटवलकाे सावित्री क्लिनिकमा छाला, याैन, कपाल तथा साैन्दर्य सम्बन्धि विशेषज्ञ सेवा सुरु भएकाे छ । बुटवलकाे अस्पताल लाईन तिलाेत्तमा पथमा रहेकाे सावित्री क्लिनिकले छाला, कपाल तथा याैन राेगलाई लक्षित गरेर विशेषज्ञ सेवा सुरु गरेकाे हाे।
नेपालका विभिन्न अस्पतालमा विगत १२ वर्षदेखि अनुभव बटुलेका विशेषज्ञ डाक्टरद्वारा छाला, कपाल, याैन राेग तथा साैदर्य विशेषज्ञ सेवा सुरु गरिएकाे सावित्री क्लिनिकका व्यवस्थापक प्रेमराज न्याैपानेले बताउनु भयाे ।
उहाँका अनुसार छाला सम्बन्धि  एलर्जी, शरीर चिलाउने, डण्डीफाेर, दाद, चायाँपाेताे, दुवी, ठेउला (चिकेन पक्स), लुताे लगायतका समस्याकाे सफल उपचार तथा परामर्श सेवा प्रदान गरिने छ । त्यस्तै अनुहारकाे चाउरीपना हटाई चमक ल्याउन विशेष उपचार सेवाकाे थालनी गरिएकाे छ ।
कपाल झर्ने, चिलाउने, पुरुष तथा महिलाकाे याैनाङ्ग चिलाउने तथा पाेल्ने, याैनाङ्ग वरिपरि आउने घाउखटिरा, पुरुषमा हुने सिघ्रपतन, याैन अनिक्षा लगायतकाे उपचार गरिन्छ ।
पछिल्लाे समय चायापाेताे र डण्डिफाेरकाे समस्या बढ्दाे क्रममा छ । घामकाे विकिरण, हर्माेनल गडवढी तथा अस्वस्थ्यकर जीवनशैलीले प्रत्यक्ष रुपमा छालालाई असर गर्छ । विशेष गरेर महिलाकाे अनुहारमा आउने चायाँपाेताे पनि यसैकाे असर हाे ।
चायाँपाेताेले अनुहारकाे स्वरुपलाई नै विगार्छ । चायाँपाेताे पुरुषमा भन्दा महिलालाई बढी हुन्छ । विशेषगरी महिला गर्भवती भएकाे समयमा हर्माेनल मेडिसिन सेवनकाे कारण पनि चायाँपाेताे हुन्छ । त्यस्तै थाईराेईडका कारण पनि चायाँपाेताे हुन्छ ।
चायाँपाेताे हटाउनकाे लागि विशेषज्ञ चिकित्सककाे परामर्श विना नै जथाभावी केमिकलयुक्त साैन्दर्य प्रशाेधनका सामाग्रिकाे प्रयाेगले छालालाई अझै बढी विगार्ने भएकाले छाला स्वास्थ्यलाई मध्यनजर गरेर क्लिनिकमा विशेषज्ञ सेवा सुरु गरिएकाे क्लिनिकका व्यवस्थापक न्याैपाने बताउनु हुन्छ ।
त्यस्तै कपाल झर्ने समस्या बढ्दै गएकाे छ । धेरै तनाव तथा केमिकलयुक्त बस्तुहरुकाे प्रयाेगले कपाल झर्ने विशेषज्ञ चिकित्सकहरु बताउछन् । याे समस्यालाई मध्यनजर गरेर सावित्री क्लिनिकमा विशेष सुईकाे प्रयाेगबाट कपाल झर्न राेक्ने तथा कपाल उमार्न मद्धत गर्ने प्रविधिकाे सुरुवात गरिएकाे हाे ।
व्यवस्थापक न्याैपानेका अनुसार ज्येष्ठ नागरिक, फरक फरक क्षेमता भएका व्यक्ति, गरिव, विपन्न तथा अशक्त असहायरलाई उपचार सेवामा सहुलियत प्रदान गरिनेछ ।

प्रकाशित मिति : बुधबार, साउन ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij