विश्व स्तनपान सप्ताह आजदेखि शुरु

विश्व स्तनपान सप्ताह आजदेखि शुरु

काठमाण्डौ – विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् ।

विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् । शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ ।

डाक्टरहरुकाअनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्त्व छ । नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij