JanataToday.com

Advertisment

SKIP THIS

इडनमा उत्कृष्ट नतिजा सहित ग्रेड ए मा ३ जना उत्तीर्ण

इडनमा उत्कृष्ट नतिजा सहित ग्रेड ए मा ३ जना उत्तीर्ण

 

बुटवल -शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा इडन इङ्लिस बाेडिङ्ग स्कुल बुटवल ११ नहरपुरले उत्कृष्ट नतिजा हासिल गरेको छ। इडनबाट सहभागी भएका १५ विद्यार्थीहरू मध्येबाट तीनजनाले ए ग्रेड ल्याउन सफल भएका छन्। सुदिक्षा गिरी ३.३९ सर्गम थापा ३ .३७ र सृष्टि चौधरी ३. २२ अङ्क सहित ए ग्रेड ल्याउन सफल भएका हुन्। साथै छ जना विद्यार्थीले बी प्लस ल्याएका छन् भने पाँचजना विद्यार्थी ले बी ग्रेड ल्याएका छन्। एकजना विद्यार्थीबाहेक सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले बताउनुभयो। विद्यालयमा प्री नर्सरीदेखि प्लस टु सम्म अध्यापन हुँदै आइरहेको छ। प्लस टु तर्फ होटल म्यानेजमेन्ट र व्यवस्थापन विषयमा अध्यापन हुँदै आइरहेको विद्यालय का सहायक प्राचार्य कुशल बस्यालले बताउनुभयो । यस इडन इङ्लिस बोर्डिङ स्कुल बुटवलपारीको उत्कृष्ट विद्यालय समेत हो। यस विद्यालय नगरपालिकाले मूल्याङ्कन गर्ने ग्रेडमा ए ग्रेडको विद्यालय समेत हो। साथै शुक्रबार नै विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समेत सम्पन्न भएको छ। नतिजा प्रकाशनमा अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयमा हाल एक हजार भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्

प्रकाशित मिति : शनिबार, साउन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij