JanataToday.com

Advertisment

SKIP THIS

उद्यमशील ट्रेनिङ सेन्टरको आयोजनामा पाँच दिने तालिम सुरु

उद्यमशील ट्रेनिङ सेन्टरको आयोजनामा पाँच दिने तालिम सुरु

बुटवल -बुटवल ११ मा रहेको उद्यमशील ट्रेनिङ सेन्टरकाे अायाेजनामा  उद्यमशीलतासम्बन्धि पाँच दिने तालिम सुरु भएको छ ।
जाइका नेपालकाे सहयोगमा शनिबारदेखि तालिम सुरु भएकाे हाे । जापानबाट फर्केका नेपालीहरूलाई उद्यमशीलसम्बन्धि तालिम दिई उनीहरूकाे अार्थिक स्तरलाई माथि उठाउने उदेश्यले तालिम प्रदान गरिएको

जाइका नेपालका प्रतिनिधि निराजन पाेखरेलले बताए । उनले तालिमकाे बारेमा प्रकाश पारेका थिए । तालिमको प्रकाश पार्दै उनले तालिम लिइएका मध्य कसैले उद्यमशीलसम्बन्धि कुनैपनि याेजना ल्याएमा जाइका नेपालले याेजनाअनुसारकाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालका ठुला ठुला सुरुङ मार्गहरू निर्माणमा जाइका नेपालकाे देन रहेको बताउँदै अब भने यसलाई थाेरै परिवर्तन गर्ने बताए । जाइका नेपालले गरेका कामकाे बारेमा प्रचारप्रसार कम भएकाे बताउँदै याे तालिम नेपाललगायत विभिन्न देशमा दिइएको जानकारी दिए ।
उद्यमशील ट्रेनिङ सेन्टरका सदस्य रेशम भट्टराईले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै तालिमकाे सहि सदुपयोग गर्न अाग्रह गरे ।
तालिममा हाल १२ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे छ ।सेन्टरका उपाध्यक्ष पुस्करनाथ पन्थ लगायतले बोलेका थिए ।
सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव माधव गैरेले गरेका थिए ।

सेन्टरमा अब छिट्टै नै फाेटाेग्राफी , इलेक्ट्रिसियन , उद्घाेषण तथा भाषणकला , टिम विल्डिङ,  वारिष्टा , व्युटिसियन , लेखन तथा चित्रकलाका कक्षाहरू सञ्चालन हुने सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, साउन २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij