बुटवलमा जेसीज सप्ताह सुरु

बुटवलमा जेसीज सप्ताह सुरु

बुटवल -रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि काम फरक तरिकाले गर्नुपर्ने बताएका छन् । बुटवलमा सुरु भएकाे जेसीज सप्ताहकाे उद्घाटन गर्दै उनले हामीले जहिले पनि अरुले जे गर्छन् त्यही त्यसलाई नै अंगालेकाे बताएका छन् । बुटवल महिला जेसीजकाे अायाेजनामा सुरु भएकाे जेसीज सप्ताहमा सम्बाेधन गर्दै उनले महिलाहरू अरूकाे मुख नताकी स्वयम् अात्मनिर्भर बन्नुपर्ने बताए ।

कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकालले यस कार्यक्रमबाट सिकेका कुराहरूलाई सुन्ने मात्रै नभई व्यवहारमा उतार्नु पर्ने बताए ।
पूर्व अध्यक्षकाे तर्फबाट पूर्व अध्यक्ष अनुपमा श्रेष्ठले २८ वर्षको अवधि यस अवधिसम्म बुटवल लेडी जेसीजलेसमाजमा सकारात्मक सन्देश दिएकाे बताइन् । बुटवल जेसीजका अध्यक्ष विनाेद घिमिरेले बुटवल महिला जेसीजले समाजमा प्रभावकारी काम गरेको बताए । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजन पाैडेलले व्यक्तिगत , नेतृत्व  सामाजिक विकासअन्तर्गत रहेर बुटवल महिला जेसीजले काम गरेकाे बताए ।

उद्घाटन समाराेह कार्यक्रमकाे समापन गर्दै बुटवल लेडी जेसीजका अध्यक्ष संगीता ढकालले महिला स्वस्थ भएमा घर ,परिवार , समाज र राष्ट्र नै स्वस्थ रहने भएकोले जेसीज सप्ताहकाे सुरुवातमा नै महिला स्वास्थ्यलाई प्राथमिकता दिएकाे बताए । उनले जेसीज सप्ताहमा समय सापेक्षरूपमा सबैलाई समेटेर कार्यक्रम गरिएको बताइन् ।
महिला स्वास्थ्य सचेतना कार्यक्रममा भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरूका स्वास्थ्यसम्बन्धि जिज्ञासाहरूलाई सम्बाेधन गरेकाे मूल संयाेजक समिति सपना ज्ञवाली गैह्रेले बताइन् । कार्यक्रमकाे सञ्चालन महासचिव रुपा श्रेष्ठले गरेको कार्यक्रम संयाेजक कृति पाण्डेले जानकारी दिइन् । भाेलि २८ गते साेमबार साैन्दर्यकला सेमिनार हुने कार्यक्रम संयाेजक अमिसा अर्यालले बताइन् ।

प्रकाशित मिति : आइतबार, साउन २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij