लुम्बिनी वेल्फेयर सोसाइटी नेपालको चौथो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

लुम्बिनी वेल्फेयर सोसाइटी नेपालको चौथो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

बुटवल-लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे चाैथाे पूर्ण बैठक बुटवलमा सम्पन्न भएकाे छ । शनिबार बुटवलमा सम्पन्न साे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

अध्यक्ष डिएल शर्माकाे अध्यक्षतामा सम्पन्न बैठकले हिन्दु नारीकाे महान पर्व हरितालिका तिजकाे अवसरमा यही भाद्र १६ गते तिज मिलन कार्यक्रम गर्ने भएकाे हाे ।

त्यसैगरी साेह्र श्राद्धकाे समयमा रूपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालकाे महिला तथा पुरुष वार्डमा फलफूल वितरण गर्ने निर्णय गरेकाे छ । साथै अाम्दा महिला तथा बाल अस्पताल बुटवलमा पनि फलफूल वितरण गर्ने कार्यक्रम रहेकाे सचिव अञ्जु केसीले बताइन् ।
संस्थाका अाजिवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने साथै सदस्यता विस्तार गर्ने विषयमा छलफल भएको थियोे । बैठकमा संस्थाका सल्लाहकारहरू , समितिका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आइतबार, साउन २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij