मनसुनको दुई महिना : बाढी पहिरोलगायतका विपदमा परी १ सय ७३ जनाको ज्यान गयो

मनसुनको दुई महिना : बाढी पहिरोलगायतका विपदमा परी १ सय ७३ जनाको ज्यान गयो

file photo

काठमाण्डौ – नेपालमा मनसुन भित्रिएको दुई महिनामा बाढी पहिरोलगायतका विपदमा परी एक सय ७३ जनाको ज्यान गएको छ । गएको जेठ २८ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यसयता देशका विभिन्न ठाउँमा बाढीपहिरो लगायतका घटनामा परी हिजोसम्म एक सय ७३ जनाले ज्यान गुमाएका हुन् ।

काठमाण्डौ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी दुई सय २३ जना घाइते भएका छन् ।

बागमती प्रदेशमा ४१ जना, कोशी र गण्डकी प्रदेशमा दुई/दुई जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक जना गरी जम्मा ४८ जना बेपत्ता छन् । बाढीको कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई महिनाको अवधिमा विपद्का घटनाबाट चार हजार तीन सय २२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij