बुटवल -पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत गर्न आज पाँँच घण्टाको लागि बाटो बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिँदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । हिजो साँझ ५ बजेतिर भासिएको सडक आज विहान ८ बजेबाट मर्मत सुरू गरिएको छ ।
भासिएको सडक मर्मत गरी फराकिलो गराउन कम्तीमा पाँच घण्टा लाग्ने अनुमान गरिएको छ । तत्काललाई अत्यावश्यक सवारी साधन एम्बुलेन्स, दम्कललगायतका बाहेक अरु सवारी साधनलाई अन्य वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्