काठमाण्डाै – सङ्क्रमणकालीन न्यासम्बन्धी (टीआरसी) विधेयककाे प्रतिवेदन प्रतिनिधिसभा पेश भएकाे छ । आजकाे बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभएको हो ।
प्रतिनिधिसभाले याे विधेयक समितिमा छलफलका लागि पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
लामो समयदेखि दलहरूबीच विधेयकका अन्तर्वस्तुमा सहमति जुट्न सकिरहेको थिएन । यसअघि विधेयकका चार वटा बुँदा विवादित भएपछि गएको असार १३ गते तीन सदस्यीय कार्यदल गठन गरेर कार्यदलले गम्भीर मानव अधिकारका उल्लङ्घनका घटना, नियतवश वा स्वेच्छाले घटाइएको घटना, मेलमिलाप र सजाय तथा बहिर्गमित लडाकु र सुरक्षाकर्मीको परिवारलाई परिपूरणबारे सहमति जुटाएको थियो ।
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्