बुटवल -इडन बोर्डिङ स्कुल बुटवल ११ नहरपुरले शिक्षक अभिभावक अन्तरक्रिया तथा शिक्षक बैठक कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकका अभिभावकहरूलाई आफ्ना छोराछोरीको पठनपाठनको घरमा र विद्यालयमा अवस्थाका बारेमा अभिभावकसँग अन्तरक्रिया गरेको हो। यस अन्तरक्रिया कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनका साथै सर्वाङ्गिण विकासमा टेवा पुग्ने विद्यालयले अनुमान गरेको छ । विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपप्राचार्य कुशल बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो। प्राचार्य भट्टराईले अभिभावक र शिक्षकबीच सुमधुर सम्बन्ध स्थापित गरेर मात्रै विद्यार्थीहरूको विकासमा सहयोग पुग्ने भएकाले अभिभावकसँग यस्तो खाले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। कार्यक्रममा कक्षा २ देखि ४ सम्मका विद्यार्थीका २०० जना अभिभावकको उपस्थिति रहेको थियो। साथै शिक्षक बैठकमा एक महिनाको समीक्षाका साथै आगामी महिनाको योजना तर्जुमा समेत गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्