समाज रुपान्तरणका लागि बुटवल लेडी जेसीजको भूमिका महत्त्वपूर्ण : मन्त्री कार्की

समाज रुपान्तरणका लागि बुटवल लेडी जेसीजको भूमिका महत्त्वपूर्ण : मन्त्री कार्की

बुटवल -लुम्बिनी प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीले समाज रुपान्तरणका लागि बुटवल लेडी जेसीजले महत्त्वपूर्ण याेगदान गरेकाे बताएका छन् । बुटवल लेडी जेसीजकाे अायाेजनामा सञ्चालन भैरहेकाे जेसीज सप्ताहकाे समापन गर्दै मन्त्री कार्कीले बुटवल महिला जेसीजले विकासका चारवटै क्षेत्रलाई महत्त्व दिएकाे बताए । साथै अागामी दिनमा
बुटवल लेडी जेसीजलाई हरेक प्रकारका सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसीअाई सिनेटर सन्दीप अग्रहरी , नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गणेश सापकाेटा , नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष गणेश सापकाेटा , सल्लाहकारहरू बालकुमारी भण्डारी , सिनेटर राधिका पाेखरेल , अनुपमा श्रेष्ठ , निवर्तमान अध्यक्ष कमला लम्साल साथै रामग्राम  लेडी जेसीजका अध्यक्ष विनिता खड्कालगायतले बाेलेका थिए ।
अध्यक्ष संगीता ढकालले बुटवल लेडी जेसीजकाे भवन मर्मत सम्हारका लागि अर्थ मन्त्रीलाई अाग्रह गरेकी छन् ।
जेसीज सप्ताहअन्तर्गत महिला स्वास्थ्य सचेतना , साैन्दर्यकला सेमिनार , तिलाेत्तमा ४ मा रहेकाे ज्येष्ठ नागरिक मिलन केन्द्रमा भाेजन अर्पण तथा भजन कृतन , नेतृत्व विकास , शैक्षिक अन्तरसंवादजस्ता महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गरेकाे मूल संयाेजक सपना ज्ञवाली गैह्रेले जानकारी दिए ।
जेसीज अास्था वाचन जेसी अञ्जली पन्थले गरेकी थिइन् भने मिसन भिजन जेसी अमिशा अर्यालले गरेको थिइन् । मूल संयाेजक कार्यकारिणी उपाध्यक्ष जेसी सपना ज्ञवाली गैह्रेले स्वागत गरेकाे कार्यक्रम महासचिव रूपा श्रेष्ठकाे सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij