बुटवल -गौतम बुद्ध टोल विकास संस्थाको छैठो साधारणसभा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर ३ का वाड अध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख अातिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे । प्रमुख अतिथि पौडेलले टोल बासी र टोल कार्य समिति चनाखो भएर अगाडि बढेमा विकासको काम सम्भव हुने बताए ।
साथै सो अवसरमा श्याम मल्ललाई निशुल्क सटर उपलब्ध गराए वापत सम्मान गरिएको थियो । त्यसतै रूपमाया भण्डारीलाई नगद सहयोग गरेवापत सम्मान गरिएको थियो । गाई पालक कृषक डण्डकुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो ।
पाठक मार्गको नामबाट पाठक फुड प्रोडक्टसले सडक बत्तीको अपुग रकम प्रदान गरिएको थियो । पाठक फुड प्रोडक्टसले पाठक मार्गको एक्सिज कलेजनिर , तेजमिरा पथको मोडमा र बिचमा ३ वटा बोर्ड बनाई दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
साेही अवसरमै मोडन डाईगेस्टिक ल्याव कालिकानगर द्वारा ७०% छुटमा स्वास्थ्य परिक्षण गरिएको थियो । सिटिजन बैक ड्राईभरटोल शाखाले सोहि समारोहमा निशुल्क खाता खेलिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष राजु प्रसाद उपाध्यायले संस्थाको एक वर्षको कार्य प्रगति र भावी याेजना पेस गरेका थिए । कोषाध्यक्ष मन्जु पन्थीले एक वर्षको अाय व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा जमुना अर्याल , सल्लाहाकार उदयबहादुर गुरूङले शुभकामना व्यक्त गरेका थिए । यसै गरी अामा समुहको तर्फदेखि जनहित महिला समुहका अध्यक्ष शारदा पाठक , टोल विकास संस्थाको तर्फदेखि राम प्रसाद शर्मा , वाड सञ्जालको तर्फदेखि वाड नम्बर २ का वाड सञ्जाल अध्यक्ष क्याप्टेन नर बहादुर कार्की , सिटिजन बैङक ड्राईभरटोलका मेनेजर एकनारायण अर्याल , सिमानगर स्वास्थ्य चौकीका प्रमुख थानेश्वर बस्याल , नगर सञ्जालका उपाध्यक्ष टोपलाल खनाल , नगर सञ्जालका अध्यक्ष हेमराज पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो टोल मा अाफ्नो वरिपरि सरसफाई गर्ने र टोलको कार्यक्रम मा सक्रिय सहभागिता जनाउने विक्रम क्षेत्री र नारायण थापा लाई प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो ।
उपाध्यक्ष तुलसी जङ रेश्मीको स्वागत , अध्यक्ष राजु प्रसाद उपाध्यायकाे अध्यक्षता र सचिव सुमन पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, भाद्र ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्