योगिकुटी-दक्षिण कोरियामा रोजगारी गरी नेपाल फर्किएर विभिन्न उद्योग व्यवसाय गरिरहेका रिटर्नीहरुको भेला तथा अन्तरकृया कार्यक्रम समपन्न भएको छ । दक्षिण कोरिया तथा नेपालमा लामो समयदेखि व्यवसायको अनुभव बटुलेका व्यवसायी रुद्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । रुपन्देहीको योगिकुटीस्थित भेलाले गम्भीर गुरुङको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । जस्काे सदस्यहरुमा सागर प्रसाद न्याैपाने , दिनेश मणि सुवेदी , शिशिर पौडेल , राजेन्द्र बस्याल , ऋषिराम बस्याल , अन्जु के.सी. (डोलकुमारी खत्री ) , कृष्ण गौतम ( किशन) , खिमानन्द भण्डारी , थानेश्वर कोईराला , रामप्रसाद घिमिरे , छविलाल पौडेल , सुरेश बहादुर क्षेत्री , प्रकाश भुषाल , वैजनाथ चौधरी ओम प्रकश पाण्डे , बुद्धिराम पौडेल , पोषराज खनाल , लालमोहन स्वर्णकार , पिताम्बर ज्ञवाली र शुरेस बहादुर के. सी. चयन भएका छन् । साथै भेलाले नेपाल कोरिया साना तथा मझौला व्यवसायिक परिषद गठन गरी छिटोभन्दा छिटो दर्ता प्रकृयामा जाने निर्णय समेत गरेको छ । नेपाल र कोरिया दुई देशको व्यापार र व्यवसायलाई जोड्दै स्वदेशमा रोजगारी सृजना गरी देशको आर्थिक विकासलाई टेवा पुर्याउने उदेश्यका साथ गठन गरिएको साे संस्थाले कोरियाबाट फर्केर व्यवसायमा आवद्व सम्पूर्ण रिटर्नीहरुलाई एकतावद्व गर्दै समुहिक लगानी तथा व्यवसायका आधारहरुको खोजी गर्ने बताएको छ । कार्यक्रममा उल्लेख्य व्यवसायीहरुको उपस्थिति रहेको थियाे । संस्थाका संयोजक गम्भीर गुरुङकाे अध्यक्षता रहेको कार्यक्रममा राजेन्द्र बस्यालले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए । सागर प्रसाद न्यौपानेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन किशन गौतमले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्