सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो

सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो

file

काठमाडौँ : सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ।

 

 

मंगलवारको प्रतिनिनिधिसभा बैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो।

त्यसबेलाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानपछि गत १५ जेठमा संसद्ले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति बनाएको थियो। सुरुमा पाएको समय भदौ २२ मा सकिँदै थियो।

छानबिन नसकिने भएपछि मंगलबार १५ दिनको समय थप गरिएको हो। समिति सभापति थापाले संसद्‍मा अहिलेसम्म भएका काम कारबाहीबारे जानकारी पनि गराए।

उनले हालसम्म समितिको ५१ बैठक बसेको, मुलुकमा विद्यमान सहकारी समस्याको जरैदेखि पहिचान र समाधान गर्ने गरी विभिन्न सरोकारवाला र विज्ञसँग समेत छलफल भइरहेको जानकारी दिए।
 

प्रकाशित मिति : मंगलबार, भाद्र १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij